पथरीशनिश्चरेमा बाटो मिचेर पेट्रोल पम्प : नगरले नै दियो बाटो नभएको सिफारीस
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ff_lMpVqGUORX_jkrnwwsqpdb9fc8hioqodrz5adbnq4pvoi12mpsekfj1hikrx8phlskujqi4_AlKZ9cUaq8_cuzo9nptya5lrjykpas0bypawit7bjwelqkgzoorcupuplepyhru8sb99gzi.jpg)
पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ महेन्द्र चोकमा मापदण्ड विपरित पेट्रोल पम्प निमार्णका हुदै आएको छ । पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्डमा भएको बाटो छैन भनि सिफारिस दिएको फेला परेको छ ।पेट्रोल पम्प निर्माण सुरु भए संगै बाटो बन्द भएपछि स्थानीयले सास्ती बेहोर्न थालेका छन ।
भईरहेको बाटो नगर र पम्प संचालकले बाटो छैन भने पनि पथरी शनिश्चरे वडा नम्बर ९ का वडाध्यक्ष विरबहादुर राईले बाटो भएको दावि गरेका छन । वडाध्यक्ष राईले भने सर्वसाधारणले आवत जावतका लागि प्रयोग गर्दै आएको बाटो बन्द गर्न नहुने बताए । वडाध्यक्ष राईका अनुसार वडाले दुई बर्ष अघि उक्त बाटोको स्त्तरोन्नति गर्ने भन्दै दुई लाखमा ग्राभेल गरेको थियो ।
पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हुँ भएको बाटो छैन भन्न सक्दिँन वडाध्यक्ष राईले भने ।यता प्रमुख प्रशासकिय अधिकृत शशि राई भने आफुलाई उत्त विषयमा कुनै जानकारी नभएको बताए । उनले भने “के रहेछ म बुझछु” ।
सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेरमैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको बताएका छन । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुरबाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।
स्थानीयहरु उत्त बाटो हुदै पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवतजावत गर्ने गरेका छन । स्थानीयको अनुसार १० बर्ष अघि पम्प संचालकले नै उत्त बाटो खोली प्लटीङ गरेका थिए । बाटो हिड्दै आएका स्थानीहरु पम्प संचालन गर्ने भन्दै एकाएक बाटो बन्द भएको गुनासो गर्छन । पेट्रोल पम्प जग्गाधनी पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन ।
हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण हुदै आएको छ । गुरुङले पम्प संचालन गर्ने जग्गा संगै टासिएको दक्षिण पटिको बाटो यतिखेल दिवाल लगाएर छेकेका छन । नगरले नक्सामा रहेको बाटो, गुगल म्याप समेत भएको बाटो छैन भनि सिफारिस दिएको छ । बाटोलाई बाटो नभएको सिफारिस गरे संगै स्थानीयहरुले हिडडुल गर्दै आएको बाटो बन्द भएको छ ।
पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयको भनाई छ । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।यता पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए ।
उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल्ने बताएका छन । पथरी शनिश्चरेमा पम्प नहुदा पथरी शनिश्चरे नगर क्षेत्रका यातायात ब्यावसायीहरुले समस्या भोग्दै आएका छन । लामो समय देखि पम्प संचालन नहुँदा ७ किलो मिटर टाढा उर्लाबारी र २० किलोमिटरमा रहेको बेलबारी जानुपर्ने बाध्यता छ ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_KfRv4lbCks_ewfnz4ar2pm5vvtbhpcj99qytmhmpuwlbfarpx6tfugwzplzrtvjwzaflvyx.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_tCOyzMuMe2_90hmatqj5v8hm6kf4srkqqqzhz85oc7ka7rztqo0lyruouaygcktj8rjrio6.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_FHqthm5Hfu_pxmejmzsahix8rringcyqflsxwnnbsznlm4vi34xqnplsjat3ez4zk8rjdys.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_gC6BSmjm4R_n88exsiwzlepbn5mwubgyepwujndbhzfocaepcdw2nw2vz4tkivdqhd3drnm.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_qmcdapbOxu_6vsqmcs1fcapo8y32tnmo2kf9egvbkdpyzujhs3vwehbcxbjxpk5z4xhfnox.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_xiHT1YwwSz_xogqurhkhuutlozejr8ktlbg7qinlbt7kwxjztfm2wrwezclkil79hcen7vw.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_kp27q9g2M9_ws5g5yj9ncpurw5caioysj3lczjmhbhk5jyrrgfpyqzjybxluuavisau0jgg.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_JoeGFSFwGI_qf1za3zxqhmuyhskpenmfcadbfaw04t1p7l9icdopzhrfz16kkabila1l5qm.jpg)
प्रतिक्रिया