पथरीशनिश्चरेमा बाटो मिचेर पेट्रोल पम्प : नगरले नै दियो बाटो नभएको सिफारीस

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ महेन्द्र चोकमा मापदण्ड विपरित पेट्रोल पम्प निमार्णका हुदै आएको छ । पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्डमा भएको बाटो छैन भनि सिफारिस दिएको फेला परेको छ ।पेट्रोल पम्प निर्माण सुरु भए संगै बाटो बन्द भएपछि स्थानीयले सास्ती बेहोर्न थालेका छन । 

भईरहेको बाटो नगर र पम्प संचालकले बाटो छैन भने पनि पथरी शनिश्चरे वडा नम्बर ९ का वडाध्यक्ष विरबहादुर राईले बाटो भएको दावि गरेका छन । वडाध्यक्ष राईले भने सर्वसाधारणले आवत जावतका लागि प्रयोग गर्दै आएको बाटो बन्द गर्न नहुने बताए । वडाध्यक्ष राईका अनुसार वडाले दुई बर्ष अघि उक्त बाटोको स्त्तरोन्नति गर्ने भन्दै दुई लाखमा ग्राभेल गरेको थियो ।

पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हुँ भएको बाटो छैन भन्न सक्दिँन वडाध्यक्ष राईले भने ।यता प्रमुख प्रशासकिय अधिकृत शशि राई भने आफुलाई उत्त विषयमा कुनै जानकारी नभएको बताए । उनले भने “के रहेछ म बुझछु” ।

सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेरमैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको बताएका छन । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुरबाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।

 स्थानीयहरु उत्त बाटो हुदै पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवतजावत गर्ने गरेका छन । स्थानीयको अनुसार १० बर्ष अघि पम्प संचालकले नै उत्त बाटो खोली प्लटीङ गरेका थिए । बाटो हिड्दै आएका स्थानीहरु पम्प संचालन गर्ने भन्दै एकाएक बाटो बन्द भएको गुनासो गर्छन । पेट्रोल पम्प जग्गाधनी पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन ।

हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण हुदै आएको छ । गुरुङले पम्प संचालन गर्ने जग्गा संगै टासिएको दक्षिण पटिको बाटो यतिखेल दिवाल लगाएर छेकेका छन । नगरले नक्सामा रहेको बाटो, गुगल म्याप समेत भएको बाटो छैन भनि सिफारिस दिएको छ । बाटोलाई बाटो नभएको सिफारिस गरे संगै स्थानीयहरुले हिडडुल गर्दै आएको बाटो बन्द भएको छ ।

पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयको भनाई छ । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।यता पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए ।

उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल्ने बताएका छन । पथरी शनिश्चरेमा पम्प नहुदा पथरी शनिश्चरे नगर क्षेत्रका यातायात ब्यावसायीहरुले समस्या भोग्दै आएका छन । लामो समय देखि पम्प संचालन नहुँदा ७ किलो मिटर टाढा उर्लाबारी र २० किलोमिटरमा रहेको बेलबारी जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित