विवादको भुमरीमा रतुवामाइ नगरपालिका : अनुदानमा आएको खाद्यान्न खोला बगरमा गाडियो

स्थानीयद्वारा नगर प्रमुख , उप प्रमुखको राजीनामा माग्दै नगरमा तालावन्दि

रङ्गेली । कोरोनाको समयमा खाद्यान्न लगायतका सामग्री वितरणको सट्टा खाल्डो खनेर गाडेको समाचार बाहिरिएसँगै विवादित बनेको रतुवामाइ नगरपालिकामा बुधवार स्थानीयले तालावन्दि गरेका छन् । स्थानीयहरूले नगर प्रमुखको राजीनामा माग्दै नगरमा तालावन्दि गरेका हुन । स्थानीयहरूले कोरोनाको समयमा सहयोगदाताहरूले दिएको रकम तथा खाद्यन्नहरूकाे विवरण सार्वजनिक गर्न माग समेत गरेका छन् ।

 स्थानीयहरूले नगर प्रमुख राजीनामा दे,  भ्रष्टाचार प्रतिनिधि मुर्दावाद, जस्ता नारा लेखेको  प्ले कार्ड बोकेर नगरपालिका घेराउ र तालावन्दि गरेका हुन ।  कोरोनाको समयमा खाद्यान्न लगायत कृषकहरूले अनुदानमा पाउने विभिन्न प्रजातिका तरकारी तथा फलफूलका बिउँ समेत रतुवा बगरमा गाडेको समाचार बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले चासो राखेको थियो ।

 नगरमा अख्तियार छिर्ने भएपछि गए राती रतुवामाइ नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंह सहितको टोली खोला बगर पुगी पुन:उत्खनन गर्न खोज्दा स्थानीयले अवरोध पुर्‍याएका थिए ।  यसबारे नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले सो कुरा आफू लाई  थाहा नभएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित