झापामा तीन जना चढेको मोटरसाइकललाई जीपले ठक्कर दिंयाे ,माेटरसाइकलमा सवार सबैको मृत्यु

इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा आज (बुधबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए । मृतक तीनै जनाको पहिचान खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित