झापामा घाँटीको सिक्री लुटेर भाग्ने राजवंशी पक्राउ

झापा । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ः२५ बजे झापा मेचीनगर नगरपालिका वडा नम्बर १३  पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी सरे डाँगी बस्ने २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर भागेपछि  मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित