डिपफेक भिडियोविरुद्ध रणवीर सिंहको उजुरी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ranveer_1.jpg_avF44q09FC_13o9m95otcvkpkwrbddel0r9xxixjn2kxeky3phudk7ama92kftaeqzv8cgx_hdggcsSRYP_jb4ucaro2cs6yeozmqjtypivti59zudo4jlakfbqhxgsrcjgj0w5dhcrhmkn.jpg)
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, 'हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौं र रणवीर सिंहको एआई-जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ।' उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोशल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, 'साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस् ।'
डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए ।
डीपफेक भिडियोमा रणवीरलाई यसो भन्दै देखाइएको थियो- 'मोदी जीको उद्देश्य हाम्रो दुखी जीवन मनाउनु हो। हाम्रो पीडा, हाम्रो बेरोजगारी र हाम्रो मुद्रास्फीति। किनकी हामी भारत अहिले अन्यायको युगमा यति गतिमा अघि बढिरहेका छौँ तर हामीले आफ्नो विकास र न्यायको माग गर्न बिर्सनु हुँदैन । त्यसैले सोचेर भोट गरौ ।'
यसअघि अभिनेता आमिर खानको एउटा नक्कली भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए ।
भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताए । अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए ।
वर्कफ्रन्टमा, रणवीरको अर्को फिल्म अजय देवगन स्टारर 'सिंघम अगेन' मा आउदै छन् । रोहित शेट्टी निर्देशित यस फिल्ममा अजय र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, टाइगर श्राफ, दीपिका पादुकोण र अर्जुन कपूर पनि देखिनेछन् । यसपछि उनले फरहान अख्तरको फिल्म ‘डन ३’ को सुटिङ सुरु गर्नेछन् ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_HQpIweuA5p_nli6i9m32yfrd5b9el65kscppxrcbtgrpv9kycsuekc66mtvplvhp8kfdp5a.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_2ematqit2T_kozbbaxqxuavjzh44ndygcmhdzjk15goktkhxeyto8pazqps5qwtbkckaucj.jpg)
प्रतिक्रिया