बिराटनगरमा ब्रेक फेल भएर कार अनियन्त्रत भएपछि...

विराटनगर । विराटनगर रानी सडक खण्ड अन्तर्गत आईतबार दिउसो रानी जोगबनीबाट विराटनगर तर्फ आउदै गरेको बा ।१५ च ५११९ नम्बरको कार दुर्घटना भएको छ । सप्तरी घर भएका २४ बर्षिय शिवकुमार चौधरीले चलाएको कार अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किन पुगेको छ ।

कार चालक चौधरीको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए । कारको अगाडी भागमा क्षति पुगेको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालयमा सोधपुछ तथा अनुन्सन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित