अरूण नदीमा पुरूषकाे शव फेला

संखुवासभा । संखुवासभा-चैनपुर नगरपालिका १० दमकट्टा स्थित अरुण नदिको घुमाउने दहमा पहिचान नखुलेको एक पुरूषकाे शब भेटिएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नामथर, वतन नखुलेको उचाई अन्दाजी ५ फिट दाँया हातको नाडीको भागमा अंग्रेजी अक्षरमा एमएलअाईवाई जस्तो देखिने ट्याटु भएको पुरूषकाे शव फेला परेकाे हाे । शव अन्दाजी ४० बर्षको पुरुषकाे भएकाे प्रहरीले जनाएकाे छ ।

अाईतबारसम्म मृतककाे पहिचान खुल्न सकेकाे छैन । शवकाे प्रकृति हेर्दा ५ दिन पुरानाे हुनसक्ने अनुमान गरिएकाे डिएसपी घनश्याम श्रेष्ठले बताए । उनकाे शव जिल्ला अस्पतालमा पाेष्टमार्टमका लागि ल्याईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित