ताप्लेजुङबाट झापा गुडेकाे टाटा सुमाे सल्लेरीकाे डिलबाट खस्याे , १४ जना घाइते

झापा ।  ताप्लेजुङबाट झापातर्फ आउदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेर दुर्घटना भएकाे हाे । गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा लगिएकाे छ जसमा सात जनालाई थप उपचारका लागि झापा रिफर गरिएकाे प्रहरी चौकी जोरपोखरीले जनाएकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित