पाथीभरामा भक्तजनको चाप : एकै दिन ६ हजार बढीले गरे दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा शनिबार एकै दिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मंसिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपा…

कागेश्वरी महादेवमा श्रद्धालुको घुइचाे , जहा दर्शन गरे मात्रै मनाेकामना पुरा हुने विश्वास गरिन्छ

कागेश्वरी महादेवमा श्रद्धालुको घुइचाे , जहा दर्शन गरे मात्रै मनाेकामना पुरा ह…

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०७ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०७ गते सोमवार || श्री पाथिभरा माताकाे कृप…

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ ०६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ ०६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ ०५ गते शनिवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ ०५ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…

आजको राशिफल : वि.सं. २०८१  ज्येष्ठ ०४ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०४ गते शुक्रवार || श्री पाथिभरा माताकाे क…

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…