अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स हस्तान्तरण

पथरी ।  कोसी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले मोरङको पथरी शनिश्चरे १० मा रहेको शरणार्थी शिविरमा स्वास्थय चौकीको उद्घाटन संगै २ वटा एम्बुलेन्स पनि हस्तानतरण गरेका छन ।  इन्ट्रा फाउन्डेसनको सहयोग संचालनमा आएको शरणार्थी शिविरको स्वास्थय चौकी र बेलडाँगी शरणार्थी शिविरलाई १/१ वटा एम्बुलेन्स  हस्तान्तरण भएको हाे।  इन्ट्रा फाउन्डेसनले भुटानबाट नेपाल हुदै तस्रो मलुक पुर्नस्थापना भै छुटका भुटानी नेपाली शरणार्थीहरुको स्वास्थयलाई मध्यनजर गर्दै स्वास्थय चौकी र एम्बुलेन्स सेवाको सुरुवात गरेको हो।

मोरङको पथरी शनिश्चरे १० मा रहको शरणार्थी शिविरमा इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको सामुदायीक परियोजना अन्तरगत ५ बेडको स्वास्थय चौकी उद्घाटन भएको हो । इन्ट्राको सहयोगमा दमक नगरमा रहेको  बेलडागी शिविर र पथरी शनिश्चरे नगरमा रहेको शनिश्चरे शिविरलाई १/१ एम्बुलेन्स समेत प्रदान गरिएको छ ।

५ बेडको स्वास्थय चौकीको उद्घाटन र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले विश्व भरि छरिएर रहेका नेपालीका लागि कोसी प्रदेशले ब्यावसायीका लागि लगानि गर्न बाटो खुल्ला रहेको बताए ।    स्वास्थय चौकीको उद्घाटन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले विभिन्न कारणले विश्व भरि छरिएर रहेका सम्पुर्ण नेपालीलाई एक जुट गराउने उदेश्यका साथ फाउन्डेसनकाे स्थापना भएको बताए ।

  कार्यक्रममा नायक दिलिप रायामाझी, गायक डम्वर नेपाली, कलाकार शंकर विशी, करिस्मा ढकाल, उद्घोषक नरेश भट्टराई लगायत इन्ट्रा फाउन्डेसन अमरिका, भारत र नेपालका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित