सामाजिक काममा सक्रिय डिजिटल पेन्टस् : आकस्मिक रक्तदानमा ५४ प्रिन्ट रगत सङ्कलन
इटहरी / कोसी प्रदेशका विभिन्न अस्पतालहरूमा रगत अभाव चर्किरहेको बेला सामाजिक काममा सकृिय डिजिटल पेन्टस् ले शनिवार वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालहरूमा बिरामीले रगत अभावकै कारण ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यका साथ आयोजना गरिएको रक्तदानबाट ५४ प्रिन्ट रगत सङ्कलन भएको छ ।
कार्यक्रममा बोल्दै डिजिटल पेन्टस् का प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले इटहरीमा पनि ब्लड बैङ्कको आवस्यक्ता रहेको बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीले सम्बन्धित निकाय सँग पहल गरे डिजिटल पेन्टस्ले सक्दो सहयोग पुर्याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले निजिस्तर बाट सञ्चालित व्यवसायीहरू पछिल्लो समय सामाजिक काममा सक्रिय भएर लाग्दा खुसी लागेको बताए ।
सरकारले व्यवसायहरूलाई संरक्षण गर्न नसकिरहेको बेला निजी क्षेत्रबाट सञ्चालित डिजिटल पेन्टस्ले रक्तदान जस्तो सामाजिक काममा तल्लीन हुने आफैमा गौरवको विषय रहेको उनले बताए । त्यस्तै कार्यक्रमका अतिथि नेपाल रेडक्रस इटहरी उपशाखाका पूर्व अध्यक्ष विमल पौडेलले मौसम परिवर्तन सँगै अस्पतालहरूमा रगत अभाव भइरहेको गुनासो बढेको बेला डिजिटल पेन्टस्ले गरेको रक्तदान समाजकै लागि उदाहरणीय काम रहेको बताए । उनले इटहरीमा ब्लड बैङ्क स्थापना हुनुपर्ने माग उठिरहेकोले सम्बन्धित निकायसँग पहल गर्ने बताए ।
स्थापनाको छोटो समयमै सेवाग्राहीहरूको मन जित्न सफल बनेको पेन्टस पछिल्लो समय सामाजिक कार्यमा पनि त्यतिकै सकृिय देखिएको छ । पेन्टस् ले धरान उपमहानगरपालिकाको मुख्य चोकमा रहेको घण्टाघरको रंगरोगनदेखि लिएर कुम्भमेला रंगरोगनलगायत कार्यहरूमा डिजिटल पेन्टसले उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । युवाहरू लक्षित गरेर गरिने मेला महोत्सव तथा खेलकुद क्षेत्रमा समेत डिजिटल पेन्टस् ले विभिन्न प्रकारका सहयोग गर्दै आएको कम्पनीका सिइओ देवीप्रसाद गाैतकले बताए । पेन्टसले सुनसरी मोरङ, झापा लक्षित भएर स्वास्थ्य शिविर,आँखा शिविर जस्ता सामाजिक कार्यहरू गर्ने योजना बनाएको बताए ।
छोटो समयमा कोशि प्रदेशका मुख्य तथा साना ठुला सहर गरी ८५ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरू लाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ । कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा उच्च गुणस्तरका इमल्सन पेन्ट्स लगायत ४६ भन्दा बढी उत्पादनहरू विक्री वितरण गर्दै आएको छ।
स्वदेशी उत्पादन र स्वदेशी लगानीबाटै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशि प्रदेशमा निकै राम्रो फड्को मारेको छ । जर्मन प्रविधिबाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।
![निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_aTIZyKloOH_xuliytpbuoirzf5z5gde87sniuqia0dpnzy6ixmkiupuumy1w9a5jcrlvzss_e0MSRLS5jN_ngxxivqys8zyorgupz428kpmpb8wvbju0bv8axy60f0e1n5eqo6echwhssuz.jpg)
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?
![मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/NRB_2.jpg-1_1c8eA4N1Kg_jia4m48pdxlutnbkgza7lsb8r8gnzftkiujdljmb1sqv6guan113ao2jkf45_kp3IYc2RdA_wxjsos444dwdjfkjwfykpe5h4lylzu56bdbrg6rvordzzopaccgnlgtrgdec.jpg)
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
![अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार](https://snowberry.prixacdn.net/media/gallery_folder/dollar_kgt0bwiVIS_2tfff1riea9w1psfcm2v71z50y26qz7zuf8zciyet3uqxo77im9kzia5fo9s_qRmy3oSkwq_kxibf28wofb5jhpl0abp0cslvc064ydniav7s81rvzsbya70x3roygobnazl.jpg)
अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार
![सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2-1_erqr9TPOIj_p444wxcjtxifgss3otuzaaf1arq9ykvl9ze1hvx764edkpg5hvnoryrq2uwq_5Oi6lNsiDg_rsdmky5ie65llgilrakosstvjwe1tqo9pgvnplej4rceel4wtyaf9qnqscti.jpg)
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
![मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mahaprasad_adhik_GnTvQMMJm8_a0yohigchc1dt5oivudmewlssavsn3dbwdq3bb6wc8od0dikbjqkc5mc39bu_AWCha1yDkG_ad8yhwchjwhqwbfpoaemts7qljh1bf0mkrcwggfq0cyby5xwvadnyrhrddqg.jpg)
मौद्रिक नीति आज आउँदै , यी विषयलाइ राखियाे प्राथमिकतामा ?
![नेप्से ३२ अंकले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse_badyo_zkuMLfGFnv_Xhj8QZHLii_q8ipwdwsukq0s0fhylzu9gk7nnniehsfgyrpzazkotoj686kkajd6tycil2x_pWqlPT2vuG_ousoj3hmpv7v2hdbx5jqbkedl9hdw3jgo09luzxo3mezkwnlxr3w9wlvuq20.jpg)
नेप्से ३२ अंकले बढ्यो
![ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी](https://snowberry.prixacdn.net/media/gallery_folder/c902df33-f977-4883-a353-7c087d5d1b6b_kHXjFllFga_ulzjluu3awkwnkx0aevzf7cqvg2eqmhyodsj7knuyst7z2oqdvguw5b8h9sp_NHd3yq0WrD_xngedijn1m7ydvexowcnt5gmei4w6q3n1ttu2wdssqm0nvjub5e4qjzdmblc.jpeg)
ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
![एकै दिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-new_YQTg8owAO3_nwv9xhgap7tngwiu0sh1kq70qwhmau7fbazp10fhhpl0fsbanrcu7ouecvep_pHKi09tpfi_tjyos1j55qm7qwteabxt3sebh2k41r9bmwcq1dlaeuz9i7erfarzzyvllptv_7ugBVHVFSZ_ygl5vi9fodbwyibc7i9sdydhe2gs88p0bwa3lw4syxxey7jivayzrjci4k2b_3QYpoIaz9Q_ymepeolznznmadrhaxwaebugtjs9xfn39mezjwcbpoif3lzvz8tqj7ntawob_UKovtAavvb_2lndajzgm48advd6g4irt2apyydks4ae1rjw5xjrntvcmj0tzo2zsl5t8lrp_6qs9JrmFeO_7pzuz0pad6xtqz9mb5rkzjlssv9nwexbthsqi6jk7f81zepusy3zbyyqjbyg.jpeg)
प्रतिक्रिया