केकीको ‘बोक्सीको घर’ ले पायो युनिभर्सल सर्टिफिकेट
काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला, सुपला सापकोटा लगायतको अभिनय छ । फस्टलुकसँगै ट्रेलरले हाइप पाएको यो फिल्मको गीत ‘बुझिनँ मैले’ विशेषत नेपालमा प्रतिबन्धमा रहेको टिकटकमा भिपिएनमार्फत प्रयोग गर्ने धेरै दर्शकमाझ लोकप्रिय बनिसकेको छ ।
फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।
केकी अधिकारी फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि आधारित रहेर फिल्म निर्माण गरिएको हो । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_V6IyXL5YnA_jtsi1h9kzsyij6r5tbhvojsegoaen6orkcgxsemqx95p2e6gdobpwlqgwkob.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_jtOft1AUi4_pvltyz3oryk16boh8hhj7dpfpewfnaxdmjucl2zefjrhimwldjnyocm75ac6.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_z5ELhlsO3U_zsckwfaxkv2i2tcmk3odobopb9wi0ff3f4x8akdvmif0cfaoqab2zmtdibp4.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_wNR33LhrQj_4zzgrdgmxcqpgyrd6hov0oarqyfcnalodutq1g4vakavzzpfzobfnybpbfax.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_YPDhLiiPSf_qy5910gs1iprwswxef2kxuzluchtbbclqqvicoa2wrebfka5vkerhcotasdb.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_y6nNHOJkDH_1e5oicsre0lfufqkg8hm7lqwml8gthw8p0zfencqcot1e5pkimbyst75hgjr.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_JyuS5EG2So_1nnjfa4nmq6coobsuftbq2dtj9i2kep8fej06ke7jl5uj2phwtzmw0ellcx4.jpg)
प्रतिक्रिया