छोरीको घरमा बस्दै आएका वृद्ध बुबाको छोराले गरे चक्कु हानेर हत्या

तनहुँ । तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका–९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो ।

धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित