आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/DC.jpg-2_BVF1c6ktrU_lqxqsfm22hlmtt7uj6lrsbpfmrnv55vcfebcjkqdrdz7wcb5xvucxab9exee_QyU1gA1Uux_adnorcnxm0hzudgsszmwpwuowyerfrwlgz2gojavc1cxxfako2ryr5kq288f.jpg)
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।
त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।
त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_gPTDMVXXmq_tlpuo6k5l5cc6cdlpl1h17xge38f64p3yyoeqfdcdkl57grpra1zdq5lqxjt.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_Bto3HnTmh6_dsxhjr4hx9ztrmn4ceeewg9lj0l7twjy4xaz9gzqjypdqcp3hjzavnaoqcl7.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_LTtk6GpwNT_xzgotuvopluaipfqys3jqbvj5cfesqn5kww9y6fipdtqnea0gr19xocez4yt.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_FA0kfrwlc5_whbpbks07dyoygz14as2kb6ntbv93kdiwu9vmsuqwsrxbydnptz1cmt022zw.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_EeqQt5is28_qv6le0dm9zfxzourpik2rwbby1l5pkyuzwzsxzw2nphbumwozfdohwgvga1j.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_N6QP8c6uc6_n467w65fl2vetxfkpuhg5van03v1bfwhfdrjzobot2rqe7tg8icunzctmwfe.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_zSFN9ONKtF_pz6p5znuyzcresuxqjqcwrn9uhz66sj0qz4fgkw8igniqaeua62jynyjg5ul.jpg)
फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन
![भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ](https://snowberry.prixacdn.net/media/gallery_folder/indu-barma_se0y88HyFs_0wenbd66u3t0ia0ig66uryciigzpyrufw21ji1ncdtiz9jb95lzessy10doi_dks8WsgOJ8_a8bpvktqsb4vdbxsgjykoty4enbmd6mjeqjwwh0qxexxw4eiroljvoyiockn.jpg)
प्रतिक्रिया