प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो ।

यस अघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो ।तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४: १५ बजेदेखि हुने छ । त्यस्तै प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।


 

प्रतिक्रिया

सम्बन्धित