वि लभ युद्वारा सेताे गुराँस विद्यालयमा खेल मैदान निर्माणका लागि आवश्यक रकम सहयोग

इटहरी । कल्याणकारी संस्था वि लभ युले सुनसरीको इटहरी उपमहानगर ८ स्थित सेताे गुराँस नमुना बालवाटिका प्राथमिक विद्यालयलाई आवश्यक खेल मैदान निर्माणकालागि आवश्यक सहयोग रकम जुटाएको छ । संस्थाले बिदयालयकाे खेल मैदानमा सहयोग पुर्‍याउने उद्देश्यका साथ रु १ लाख ८० हजार नगद सहयोग गरेको हो ।

विद्यालय परिसरमा लामो समयदेखि खेल मैदान नहुँदा बालबालिकाहरू विभिन्न प्रतियोगिताबाट वञ्चित हुँदै आएका थिए । सहयोग रकमबाट विद्यालयले १६५.८ वर्ग मिटरको खेल मैदान निर्माण सम्पन्न भएको सेताे गुराँस नमुना बालवाटिका प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी चौधरीले बताए ।

विद्यालय परिसरमा खेल मैदान अभाव रहेको गुनासो लिएर आएपछि सानो सहयोग स्वरूप सो रकम वि लभ युका अध्यक्ष जाङ गिल जाले काेशी प्रदेश प्रतिनिधी सुमन याेञ्जन मार्फत  उपलब्ध गराएको हाे । संस्थाले यस अघि पनि इटहरी लगायत देशका बिभिन्न भागहरूमा आर्थिक एवम् अन्य सहयोगहरू जुटाउँदै आएको काेशी प्रतिनिधी याेञ्जनले बताए । 

प्रतिक्रिया

सम्बन्धित