शिक्षामन्त्रीको निर्णयप्रति सत्तापक्षकै असन्तुष्टी : कारवाही गरेर देखाउन शिक्षक महासंघको चुनौति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेपाल शिक्षक महासंघ चिढिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्ने गरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ । मन्त्री श्रेष्ठले गत मङ्गलवार मन्त्रीस्तरिय निर्णयबाट दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी हुन् ।

शिक्षकहरू कुनै पनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ । केन्द्रले पनि जिल्ला शिक्षा समन्वय ईकाइलाई शिक्षकहरुको राजनीतिक दलमा आवद्धताको सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ । शिक्षामन्त्रीको उक्त निर्देशनपछि शिक्षकहरूको जनवर्गीय सङ्गठन शिक्षक महासङ्घले असन्तुष्टि जनाउँदै शिक्षकमाथि कारबाही गरेर देखाउन चुनौती दिएको छ ।

शिक्षकहरूले संविधानले दिएको अधिकार प्रयोग गरी आफूहरूले कुनै आस्था वा विचार राख्न पाउने भन्दै संविधान नै परिवर्तन गरेर कारबाही गरेर देखाउन महासङ्घे चुनौती दिएको हो । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधारले शिक्षकहरूले आफ्नो कार्यालय समयमा राजनीतिक दलको काम गरेर नहिँडेको दाबी गरिन् । उनले शिक्षकहरूले कार्यालय समय बाहेकको अतिरिक्त समयमा आफ्नो राजनीतिक आस्था राख्न पाउनु पर्ने बताइन् ।

उनले संविधानको धारा १८ ले पनि नागरिकलाई उसको आस्थाको आधारमा विभेद गर्न पाइँदैन भन्ने व्यवस्था गरेको भन्दै सबै नागरिकले आफ्नो आस्था राख्न पाउने बताइन् । उनले शिक्षकहरू राजनीतिक आस्थामा भएपनि कक्षाकोठामा सो कुरा प्रकट गर्नु नहुनेमा शिक्षकहरु सचेत रहेका बताइन् ।

उनले कुनैपनि शिक्षकहरु पार्टी कार्यालय खोलेर पार्टीको जिम्मेवार पदाधिकारी नबनेको पनि बताएकी छन् । उनले दलको सदस्यता लिनका लागि शिक्षा नियमावलीले कुनै छेकवार नलगाएको भन्दै संविधान, र ऐन, कानुन नै परिवर्तन गरेर शिक्षकहरुलाई कारबाही गर्न शिक्षामन्त्रीलाई चुनौती दिइन् । राजनीतिक आस्थाको आधारमा शिक्षकहरूलाई कारबाही गर्नु नहुने उनले बताइन् ।

अध्यक्ष तुलाधरले शिक्षकहरुले अध्यापन छाडेर विद्यार्थीको भविष्य अन्यौल पार्नु नहुने भन्दै आफ्नो परिभाषित जिम्मेवारी र कर्तव्य पूरा गर्न शिक्षकहरु दृढ रहेको भन्दै कार्यालय समयबाहेक आफ्नो आस्था अनुसारको काम गर्न पाउनुपर्ने उल्लेख गरिन् । उनले शिक्षकहरु राजनीतिक चेतनाको संवाहक भएको भन्दै राजनीति र समाजबाट टाढा रहन नसक्ने बताइन् । उनले शिक्षामन्त्रीले आरोप लगाएको जस्तो शिक्षकहरूले राजनीति गरेर नहिँडेका पनि उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान , उपकप्तान

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान…

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको …

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी