संस्कार सहितको शिक्षाले अभिभावकको मन जित्दै सिबि स्कुल

इटहरी । सुनसरी इटहरी ४ रेडक्रस चौक स्थित सि बि रेसिडेन्टल सेकेन्डरी स्कुल पछिल्लो समय अभिभावकहरूको मन जित्न सफल भएको छ । २०५७ सालमा स्थापना भएको यस स्कुले पछिल्लो ७ वर्ष यता भौतिक पूर्वाधारमा आफूलाई अब्बल साबित बनाइसकेको छ । विद्यार्थीहरूलाई संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सि बि स्कुलमा हाल ३ वटा स्कुल बस रहेका छन् । 

शिक्षा सँगै हरेक क्षेत्रमा अब्बल देखिने यस स्कुलमा अहिले ५ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । पछिल्लो नयाँ व्यवस्थापनमा सुचारु भएसँगै स्कुलले शैक्षिक तथा पूर्वाधार विकासमा पनि उल्लेख्य प्रगति गरिरहेको छ । कसरी हुन्छ यहाँका विद्यार्थीहरूलाई संस्कार सहितको शिक्षा सँगै प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य रहेको सि बि रेसिडेन्टल सेकेन्डरी स्कुलका प्रिन्सिपल खेमराज बास्तोलाले बताए । 

विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक ज्ञान दिएर सामाजिक तथा अन्य क्षेत्रमा पनि अब्बल बनाउँदै लैजाने यस विद्यालयको उद्देश्य रहेको प्रिन्सिपल बास्तोला बताउँछन् ।स्कुलमा बालबालिकाहरूको लागि छुट्टै मन्टेश्वरी ब्लग , फराकिलो खेल मैदान , शान्त वातावरण,सुविधा सम्पन्न ३ वटा बस, डिजिटल प्रविधिबाट अध्ययन अध्यापन ,आफ्नै पुस्तकालय लगायतको सेवाहरू प्रदान गर्दै अभिभावकहरूलाई खुसी बनाउँदै आएको छ ।

 खेलकुद लगायतका अतिरिक्त कृियाकलापहरूमा पनि उत्तिकै अब्बल मानिने यस स्कुलका विद्यार्थीहरू प्रत्येक वर्षको एसइइ परीक्षामा पनि शत प्रतिशत नतिजा ल्याएर उत्तीर्ण हुने गरेका छन् । यस स्कुलले यसै शैक्षिक सत्र देखी बालमैत्री प्रविधियुक्त शिक्षालाई जोड दिने प्रिन्सिपल बास्तोला बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित