झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/elephant-dead_cRwcJyiDbl_kp13ohtnjqoncxtmmqrvoypybuk44wpa8dt5n9v1eko5mjhvjenmswnjkohs_77pwDveEG3_i640njbcraiubfx6glyp8wz4sukwe5o1wcpct5ewqaug30yh5ryhdm60lbgc.jpg)
झापा । गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ । मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।
हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।
हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि प्रमुख राईले बताउनुभएको छ । करेन्ट लगाएर यसभन्दा अघि हात्तीहरू मार्ने र विद्युतीय धरापमा परेर यसभन्दा अघि हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको जनाइएको छ ।
हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएको डिभिजन वन कार्यालय झापाको भनाई छ । यसले यहाँ रहेका हात्तीहरू असुरक्षित रहेको पाइएको छ । झापाका जङ्गलहरूमा केही समययता धेरैको सङ्ख्यामा हात्तीहरू छन् ।
हात्तीलाई गोली हानेर मारिएको घटना जघन्य अपराध भएको भन्दै मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले तत्काल घटनाको विषयमा छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेको छ । समाजका अध्यक्ष देवेन्द्र खरेलले यस घटनालाई सामान्य रूपमा हेर्न नहुने बताउनुभयो ।
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_AkMPHPQU3d_k1btl1wom57qldngiuea29ki2laopi0njtgwldiorc4hfkyvccdjjsxgwiug.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_kc3RExTK10_tjpajtoub4umpriqqvtif1zljtfswjmcwvggccxzojbh4dc7kzcw7ef744dg.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_niy7oslUlb_seq8we6rl83fxlflrfw9r5yqcr6lodk8vypi2xpsbcyrhcz7gox5w4mrx64h.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_0qliN7PErb_prv1lfb506wuhkdd8qa1bgynby3lseozoos2widq05hriwcdxdgfj83fgghs.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_aRf5ZPNazf_vorhemchgyoxkjuytbtdcu1swrspskhsbboxestsbfcoyzie3hx7lmktw0ul.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_CMYiL6ZQZ0_kijxfdtt6qbwsaja5fh9kaj7yhqvdg2hetuvrosq0uxbd26nprshyostisjh.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_zcoihADc8I_1ytplpkqp7fokk6vdmvn6sk9ofr6wr7dyzxb7aznmdddaqklpchdwr2pzojn.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_W72Yp1hf8J_husarsm2szodnrzfedd0u7cddmjbpim3hfi24zenqrl7atm3gzbpmtok9j35.jpg)
प्रतिक्रिया