अन्धविश्वासी रूसी फुड ब्लगरले महिना दिनको बच्चालाई भोकै मारे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Maxim-Luty-_ZRwpJMvaO1_rhv9a9b35nwbjwqgt91ejqmaxkygolivcxao7ogrhmun7es2ami2xtnuta39_X6RD5KjoLx_qr0cnllkrbgi13nf4pnyeieete8glsb76duykytii9f7yytuthpucaeylz9r.jpg)
एजेन्सी । रुसका एक फुड ब्लगर र सोसल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।
वास्तवमा ल्युटीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा कुपोषणको सिकार भयो र अन्ततः उनको मृत्यु भयो ।
अब यस मुद्दामा तल्लो अदालतले म्याक्सिम ल्युटीलाई आठ वर्ष कैद र करिब ९३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । रूसी मिडियाका अनुसार म्याक्सिम ल्युटी एक फूड ब्लगर हुन्, उसले आफ्नी पत्नी ओक्साना मिरोनोभासँग भिडियो बनाउने गरेका थिए । तर, भिडियो बनाउने नाममा बच्चाको ज्यान नै गए पछि उनलाई हालै अदालतले सजाय सुनाएको हो ।
सुनुवाइका क्रममा अदालतलाई गया म्याक्सिमले आफ्नी श्रीमतीलाई घरमै सुत्केरी गराउन बाध्य पारेकोसमेत खुलेको थियो । ल्युटीले बालककी आमालाई स्तनपान गराउन नदिएको प्रहरीले अदालतलाई बताएको छ । निर्दोष बालकलाई चिसो पानीले नुहाउँथे । यति मात्र होइन, भोक लाग्दा बच्चा रोएपछि घाममा बसाइ दिन्थे ।
प्रहरीका अनुसार उनको बुझाइमा घामबाट बच्चालाई पर्याप्त शक्ति मिल्छ भन्ने विश्वास थियो । भर्खरै बच्चा निकै बिरामी परेपछि सुरुमा अस्पताल लैजान समेत मानेनन् । परिवारले प्रहरीलाई खबर गरेपछि बालकलाई जसरी अस्पताल पुर्याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चिकित्सकका अनुसार कुपोषण र निमोनियाका कारण बालकको मृत्यु भएको हो । यसै क्रममा ल्युटीले आफ्नो छोरा कोसमोसलाई अलौकिक शक्ति दिन चाहेको बताए । सूर्यको प्रकाशमा बाँच्ने यस्ता प्रयासलाई रुसमा इन्डिया वा ब्रीथेरियनिज्म भनिन्छ । सूर्यको किरणबाट मात्र जीवन प्राप्त गर्न सकिन्छ भन्ने यसका अनुयायीहरू विश्वास गर्छन् । यस्ता प्रचलन पछ्याएर धेरै अनुयायी भोकले मरेका छन् ।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_yCgj0Lpe41_laj12w7xhywfbicws5ndq2bsrqflcfbbz1mnrcktuaevzdbtrhdqx4nkt7jr.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_ied4oPEwnh_1examdlyq3glz9wdgbkdpdywcbf7q00rufzwwu4al4pdajvnqyxclci4z9fl.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_xUUMKY7I6j_bobgmnvka1y9nx5af1cyglbvny4apnnhstaxs1eumkcwvnw5ewksjll7cds9.png)
प्रतिक्रिया