विराटनगरमा १५ जोडीको सामूहिक विवाह

विराटनगर / बिराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो ।

समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस्तो पुन्यको काम गरे कुनै पनि बुवाआमालाई छोरी बोझ नहुने समेत बताइन् ।

यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउदै उनले महानगर सँधै साथमा रहेन प्रतिवद्धता जनाइन् ।

यस्तै जहदा गाँउपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले संस्थाले विपन्न परिवारको सन्तानको बिवाह गराएकोमा आभार प्रकट गरे ।

बिबाह गर्दा कतिपय परिवारको सामाथ्र्य नपुग्दा असहज हुनेभएको आफूबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

अति विपन्न परिवारबाट छानिएको जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निणर्य भएको महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् । ६ महिनाको तयारीपछि बल्ल यो कार्यक्रम सम्पन्न गर्न सफलता मिलेको उनले बताइन् । ८१ वर्षको उमेरमा थुप्रैको विवाह गरेको अनुभव बोकेका समूहिक विवाहमा आएका एक पण्डितले यो पहिलो अनुभव भएको प्रतिक्रिया दिएका थिए । उनले समूहिक विवाह गर्दा सहज र समय खर्च नहुने समेत उनको भनाइृ थियो ।

यता, संस्थाले विवाह गरिदिँदा धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरुको भनाई छ । आर्थिक अवस्था कम्जोर हुँदा धुमधामको साथ विवाह गर्ने अवस्था पनि नभएकाले संस्थाले गरेको काम प्रति आफूहरु खुशी रहेको समेत उनीहरुले बताए ।विवाहमा एउटी कन्यालाई घर चलाउनका लागि आवश्यक पर्ने हरेक घरायसी समाग्री समेत उपलब्ध गराएको संघकी अध्यक्ष राठीले जानकारी दिइन् ।

उनको अनुसार सुनको गहना, चाँदीको पाउजु, नाकमा फुली, कानमा सुनको टप समेत दुलहीलाई प्रदान गरिएको छ । भने, दुलाहाका लागि समेत सर्ट, पेन्ट प्रदान गरिएको छ ।दुलहीको नाममा एघार हजारको मुद्दती खाता समेत खोलिएको अध्यक्ष राठीले बताइन् । बैक खातामा भएको पैसा ५ वर्षपछि मात्रै झिक्न पाउने व्यवस्था रहेको उनको भनाई थियो ।

 

44

प्रतिक्रिया

सम्बन्धित