मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई आग्रह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kedar_4.jpg-2_HEvz83b04i_laz96nn38qqmkgm0zcvgr2zlu67ud0ovjm0oy73a4ifprb3khmaavvahndqo_sZ5QNTzHsA_dhtlzpwghgzhbsnzhgmcnjki75xaaqv5azg5qxvunwbyuhkl6odg0727gfub.jpg)
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ ।
प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकोले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
उनले अहिले संकल्प प्रस्तावमा छालफल गर्दै गर्दा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए । उनले सर्वोच्च अदालतले गरेको व्याख्यामा सरकार बन्ने विकल्प बाँकी रहेसम्म नयाँ सरकार गठन हुन सक्ने दाबी गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिन पाउने र फिर्ता लिएपछि मुख्यमन्त्रीले अनिवार्य विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए ।
आजको बैठकमा भण्डारी प्रस्तावक रहेको र माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको छ ।
संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ ।
संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ ।
'बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्' भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_xVosOErlrh_e8rlnxgcxfgemgbitbd6cethyqziydw8wb3axmjyaqcjggvmaodry4znlnd5.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_8ITTC1WPPK_al1skseq5zdkxxic85dqaq7slapavthjnqhsbo8eu2vr7ls92mvdlagjh4cu.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_rsc5Co83bt_6ijyd8gbfyboswdsfw80m4xhdeqvx2nv1zswbygcpieqmq59s2u82wsc5n1k.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_jzFABgQCZZ_rhvionjpkpfgcbulbdgteralcqktgjfcmclj4rjmohxuhubb3myjdcw1mowz.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_lJkfnSIeIq_esjulv5k96vhzzamvzomowlxlhawauifopuqsv8qkqe6tnt1exaruykefhlc.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_XwUa6qwK50_oa2nxyz4tktpjjgv5revuiilq1dbx3llthiavkx1vxrwtenr3m7ppor5oyzp.jpg)
प्रतिक्रिया