गुणस्तरीय शिक्षा सँगै अतिरिक्त कृियाकलापहरूमा अब्बल सेफर्ड चिल्ड्रेन एकेडेमी

इटहरी । सुनसरीकाे इटहरी ४ शिशिर टोल ,हरियाली मार्गमा अवस्थित सेफर्ड चिल्ड्रेन एकेडेमी स्कुल पछिल्लो समय अभिभावकहरूको रोजाइमा परेको छ । गुणस्तरीय शिक्षा सँगै , व्यवहारिक र प्रयोगात्मक शिक्षालाई पनि सँगै बोकेर अघि बढेको यस स्कुल यसै शैक्षिक सत्र देखि राेबाेटिक कक्षा सञ्चालन गरेको छ । बि.स.२०६१ सालमा स्थापना भएको यो स्कुल नयाँ व्यवस्थापनमा गएसँगै  भौतिक पूर्वाधार विकासमा फड्काे मारेको छ ।हरेक कुरालाई प्रविधि सँग जोडेर विद्यार्थीहरूलाई संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नमा स्कुल लागि परेको प्रिन्सिपल मिलन राईले बताए । 

बालबालिकाहरूको लागि छुट्टै मन्टेश्वरी ब्लग , फराकिलो खेल मैदान , शान्त वातावरण,सुविधा सम्पन्न ३ वटा बस, डिजिटल प्रविधिबाट अध्ययन अध्यापन ,आफ्नै पुस्तकालय लगायतको सेवाहरू प्रदान गर्दै अभिभावकहरूलाई खुसी बनाउँदै आएको छ ।  गुणस्तरीय शिक्षा सँगै यस स्कुलका बिद्यार्थिहरू खेलकुद लगायत अतिरिक्त कृियाकलापहरूमा पनि  अब्बल देखिएका छन् । 

हरेक क्षेत्रमा अब्बल साबित गर्न स्कुलभित्रै विभिन्न विद्याका १२ वटा क्लबहरू स्थापना गरिएको छ । जसमा वाल , म्युजिक , फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन , एथलेटिक्स, टेवलटेनिस, पाेइट्रि, डान्सिङ, राइटर्स, रिडर्स, इनोभेटिभ क्लब लगायतका क्लबहरू सकृय बनाइएको स्कुलका प्रिन्सिपल मिलन राई बताउँछन् । विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक ज्ञान दिएर सामाजिक तथा अन्य क्षेत्रमा पनि अब्बल बनाउँदै लैजाने यस विद्यालयको उद्देश्य रहेको प्रिन्सिपल राई बताउँछन् । 

 पिजि देखि १० कक्षा सम्म सञ्चालन हुँदै आएको सेफर्ड चिल्ड्रेन एकेडेमीमा रोबोटिक कक्षा सन्चालन गरिनुका साथै आगामी वर्षहरूमा प्लस टु सम्म लैजाने योजना रहेको प्रिन्सिपल राई बताउँछन् । स्थापनाको छोटो समयमा नै अभिभावकहरूको मन जित्न सफल यस स्कुलले हाल शिक्षक र कर्मचारी गरी ३५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित