गुणस्तरीय शिक्षा सँगै अतिरिक्त कृियाकलापहरूमा अब्बल सेफर्ड चिल्ड्रेन एकेडेमी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shheford%2520(1)%2520copy_5CIEOPHttK_erpazidn9whee9tgocxc0hdqcjiqphar3efaiqkuurpgfdirkoa87mby3wuc_8InMt8UCYL_yhoem40wnxzzov6tcehsr7mwkmorfhuyunnxpatxaxnv2t1tfrcll8nedtfc.jpg)
इटहरी । सुनसरीकाे इटहरी ४ शिशिर टोल ,हरियाली मार्गमा अवस्थित सेफर्ड चिल्ड्रेन एकेडेमी स्कुल पछिल्लो समय अभिभावकहरूको रोजाइमा परेको छ । गुणस्तरीय शिक्षा सँगै , व्यवहारिक र प्रयोगात्मक शिक्षालाई पनि सँगै बोकेर अघि बढेको यस स्कुल यसै शैक्षिक सत्र देखि राेबाेटिक कक्षा सञ्चालन गरेको छ । बि.स.२०६१ सालमा स्थापना भएको यो स्कुल नयाँ व्यवस्थापनमा गएसँगै भौतिक पूर्वाधार विकासमा फड्काे मारेको छ ।हरेक कुरालाई प्रविधि सँग जोडेर विद्यार्थीहरूलाई संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नमा स्कुल लागि परेको प्रिन्सिपल मिलन राईले बताए ।
बालबालिकाहरूको लागि छुट्टै मन्टेश्वरी ब्लग , फराकिलो खेल मैदान , शान्त वातावरण,सुविधा सम्पन्न ३ वटा बस, डिजिटल प्रविधिबाट अध्ययन अध्यापन ,आफ्नै पुस्तकालय लगायतको सेवाहरू प्रदान गर्दै अभिभावकहरूलाई खुसी बनाउँदै आएको छ । गुणस्तरीय शिक्षा सँगै यस स्कुलका बिद्यार्थिहरू खेलकुद लगायत अतिरिक्त कृियाकलापहरूमा पनि अब्बल देखिएका छन् ।
हरेक क्षेत्रमा अब्बल साबित गर्न स्कुलभित्रै विभिन्न विद्याका १२ वटा क्लबहरू स्थापना गरिएको छ । जसमा वाल , म्युजिक , फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन , एथलेटिक्स, टेवलटेनिस, पाेइट्रि, डान्सिङ, राइटर्स, रिडर्स, इनोभेटिभ क्लब लगायतका क्लबहरू सकृय बनाइएको स्कुलका प्रिन्सिपल मिलन राई बताउँछन् । विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक ज्ञान दिएर सामाजिक तथा अन्य क्षेत्रमा पनि अब्बल बनाउँदै लैजाने यस विद्यालयको उद्देश्य रहेको प्रिन्सिपल राई बताउँछन् ।
पिजि देखि १० कक्षा सम्म सञ्चालन हुँदै आएको सेफर्ड चिल्ड्रेन एकेडेमीमा रोबोटिक कक्षा सन्चालन गरिनुका साथै आगामी वर्षहरूमा प्लस टु सम्म लैजाने योजना रहेको प्रिन्सिपल राई बताउँछन् । स्थापनाको छोटो समयमा नै अभिभावकहरूको मन जित्न सफल यस स्कुलले हाल शिक्षक र कर्मचारी गरी ३५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_ezewDl50b3_plhsilwmdkyaj9etkd4v7xfeihvywj9urp4t6etgicnbmfbs9dpz9obfxdub.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_zmMPyvhcKG_rr8ygnwh5d73ndfhwb81ebgyqghhxeukqbfhsmumcylajeas0q0hddlioja1.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_4Z9ny4g3Ck_msofn4y86faxnjbjmp8uvd0c2bwhvjk05a1f0yaveklb65zbc7q9kmayfvbe.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_DZPXT1PcEh_i02h4ujpqqc7alsoobq9xwuq3sdcdywd9b0wzv5m6ny2suqtepd6onx05gio.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_zZ5nHq6WPs_ecjtrlhq5qcib4e9turl69vdn6mmgfbsww5svayo935elkpbtthbu5thne10.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_d7HOR9l8t5_j2zb4pdhzatdxtt9cvhs3gnmlyjksmmdpnjia3fdgb1mrissetsysbo2yhne.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_j6V0ow5Qz9_qgntdebezinggv7cvqii3vnuztvhndng1wyuvq7hhle3jmranvluanf4bqhx.jpg)
प्रतिक्रिया