भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा अब्बल इटहरीस्थित पाथीभरा स्कुल

इटहरी / इटहरीको सबैभन्दा पुरानो स्कुलको रूपमा चिनिएको पाथीभरा सेकेन्डरी स्कुल भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा पनि अब्बल देखिएको छ । २०४८ सालमा स्थापना भएको यो स्कुलले पछिल्लो समय प्रविधिमैत्री शिक्षालाई जोड दिँदै आएको छ । 

हरेक कुरालाई प्रविधि सँग जोडेर विद्यार्थीहरूलाई संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नेमा पाथीभरा पहिलो नम्बरमा आउने गर्दछ । पछिल्लो ५ वर्ष यता भौतिक पूर्वाधारमा उल्लेखनीय फड्काे मारेको यस स्कुलले विद्यार्थीहरू संगै अभिभावकहरूको पनि मन जित्दै लगेको छ । २०४८ सालमा स्थापना भएको यो निजी स्कुलले २०७३ सालबाट नयाँ व्यवस्थापन आएपछि छुट्टै पहिचान बनाउन सफल भएको हो ।

हाल विद्यालयमा ८ सय भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन् । पछिल्लो व्यवस्थापन आएसँगै शैक्षिक तथा पूर्वाधार विकासमा पनि विद्यालयले उल्लेख्य प्रगति गरिरहेको छ ।नयाँ व्यवस्थापनबाट चल्नासाथ विद्यालयले नयाँ ढंगले सिकाई प्रणालीलाई विकास गर्न विद्यालयले अन्तर्राष्ट्रिय शिक्षण पद्धति बुझेका प्रधानाध्यापक गोपाल श्रेष्ठलाई विद्यालयमा भित्राएपछि स्तरोन्नति संगै एकाएक फड्काे मारेको हो । 

भारतको नयाँ दिल्लीमा अध्ययन गरेका श्रेष्ठ नर्वे र खाडीको विकसित राष्ट्र दुबईमा अमेरिकन कलेजमा अध्यापन गराएर इटहरीमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपुगेका हुन । अहिले विद्यालयमा ७ वटा बसहरू सञ्चालन छन् । यो शैक्षिक सत्र २०८१ देखि सङ्ख्या बढाएर १० वटा बनाउने योजना रहेको पाथीभरा स्कुलका अध्यक्ष निर्मल रिजालले बताए । कसरी हुन्छ विद्यार्थीहरूलाई किताबको ज्ञान संगै व्यवहारिक ज्ञान दिएर सामाजिक तथा अन्य क्षेत्रमा पनि अब्बल बनाउँदै लैजाने यस विद्यालयको उद्देश्य रहेको अध्यक्ष निर्मल रिजालले बताए ।

यो सँगसँगै विद्यालयले हप्ताको एक दिन शुक्रवार बुकलेस कार्यक्रम राखेर विद्यार्थीहरूलाई विभिन्न व्यवहारिक ज्ञान र सिपमूलक शिक्षा प्रदान गर्दै आएको अध्यक्ष रिजाल बताउँछन् । संगै विद्यालयमा यसै वर्षदेखि फुटबल , भलिबल , बास्केटबल , क्रिकेट , ब्याडमिन्टन लगायतका प्रक्षिकहरू राखेर विद्यार्थीहरूलाई खेल क्षेत्रमा पनि त्यतिकै अब्बल बनाउने योजना रहेको अध्यक्ष रिजाल बताउँछन् । 

यता विद्यालयका प्रधानाध्यापक डा. गाेपाल श्रेष्ठले विद्यालय उत्कृष्ट हुनलाई भिजन भएर मात्रै पनि नहुने बताए । शिक्षकहरू पनि उत्तिकै उत्कृष्ट र शिक्षणप्रति उत्तरदायी हुन जरुरी छ । “हामीले मन्टेश्वरीमा हरेक हप्ता टिचर ट्रेनिङ आयोजना गर्ने गरेका छौँ । हरेक शिक्षकले विद्यालयमै बसेर लेसन प्लान बनाउनुहुन्छ । उहाँहरूको लागि प्लानर बुक व्यवस्था गरिदिएका छौँ । ” प्रधानाध्यापक श्रेष्ठ भन्छन् । मन्टेश्वरी देखिनै बालबालिकाले खोजे अनुसारको वातावरण प्रदान गरिएको प्रिन्सिपल डाक्टर गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्टेश्वरीका बालबालिकालाई खेल्दै पढ्न सक्ने र संस्कार सिकाउने विषयमा पाथीभराले कुनै कसर बाँकी राखेको छैन । पुस्तकको औपचारिक शिक्षाले भन्दा पनि प्रविधि सँग सम्बन्धित सिकाइ बढी प्रभावकारी हुने डाक्टर श्रेष्ठको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित