बागेश्वरी धामका धिरेन्द्र शास्त्रीलाई चतरामा भव्य स्वागत

इटहरी । भारतका चर्चित कथा वाचक बागेश्वरी धामका सरकार धिरेन्द्र शास्त्रीलाई सुनसरीको चतरा धाममा बुधवार भव्य स्वागत गरिएको छ ।

उनले चतरा आएर श्रीराम तारक ब्रह्म पीठमा श्रीराम मन्दिरको शिलान्यास समेत गरेका छन् ।गत चैत्र २७ गते देखि सञ्चालनमा आएको सङ्कट मोचन श्री हनुमद महायज्ञमा विशेष कथा वाचनकालागि आएका बागेश्वरी बाबा ५ दिन सम्म रहने छन् ।

वराहक्षेत्रस्थित एक सामुदायिक विद्यालयको प्राङ्गणमा हेलिकप्टरमा आएका कथा वाचक शास्त्रीलाई  सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायत सन्त, महन्त र धार्मिक गुरुहरूले भव्य स्वागत गरेका थिए । चतरामा शिद्धबाबा कृष्णदासले उक्त महायज्ञकाे आयोजना गरेका हुन । 

प्रतिक्रिया

सम्बन्धित