एसीसी प्रिमियर कपमा नेपाल र साउदीको खेल वर्षाका कारण ढिलाइ
काठमाडौं / एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेलमा ढिलाइ भएको छ । नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनुपर्ने खेलमा अझैसम्म टस हुन सकेको छैन ।
ओमानमा गएराती पानी परेको थियो । अहिले वर्षा रोकिएको भए पनि मैदान चिसो भएका कारण खेल्न अनुकूल नभएको म्याच अफिसियलले ठहर गरेका छन् ।
प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह चरणका तीन खेलमा तीनवटै खेल जितेको नेपालले ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कतारको ४ अंक छ । कतारले समूह चरणका सबै खेल खेलिसकेको छ ।
खेल्न बाँकी भएका नेपालबाहेक साउदी अरेबिया, मलेसिया र हङकङ तीनवटै टिमको २ अंक छ र उनीहरुले खेल्न बाँकी खेल जितेमा ४ अंक मात्र हुने भएकोले ६ अंक जोडेको नेपाल सेमिफाइनल पुगिसकेको हो ।
प्रतिक्रिया