एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं / प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार गरेको मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेन अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरेको थियो ।

अहिले पक्राउ गरेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित