हल्दी र मेहेन्दीमा रमाउदै एलीना , बुधबार गर्दैछिन विवाह , तस्विरहरू सहित

इटहरी ।  लामो समयको प्रेम सम्बन्धलाई सार्थकता दिलाउन चर्चित गायिका एलीना चौहान  विष्णु सापकोटासँग झापामा विवाहको तयारी गर्दैछिन । उनको भोली अर्थात् बुधवार बिहे हुदैछ ।

पहिला भाइको व्रतबन्ध सकेर झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा चौहानले प्रेमी विष्णुसँग लगनगाँठाे कस्ने भएकी हुन । विवाह पूर्व गायिका चौहानले मङ्गलवार हल्दी र मेहेन्दी समारोह पनि सम्पन्न गरेकी छिन । उक्त समारोहमा उनी निकै रमाएको देख्न सकिन्छ ।

विवाह हुने थलो बिर्ता पार्टी प्यालेसको सजावट पनि उस्तै बनाइएको छ । मेहेन्दी उत्सवमा एलिना निकट गायिकाहरू मेलिना मैनाली र एन्जिला रेग्मी, मोडल रुविना अधिकारी, जुम्ल्याहा मोडल समारिका र स्मारिका पनि देखिए ।

बेहुला सापकोटा चाहिँ जन्ती लिएर बागलुङ बजारबाट हिँडिसकेका छन् । बुधवार बिहान उनी झापा पुग्ने भएका छन् । लामो समयदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।

 

तस्विरहरू : गोपीकृष्ण चापागाईँ

प्रतिक्रिया

सम्बन्धित