दाेश्राे हलेसी महादेव मन्दिर मानिएकाे भाेजपुरकाे सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवर्द्धनमा पनि उनीहरू लागेका छन् ।
यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताए । रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा मेला लाग्ने गरेको छ ।
मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिए । यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
गरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उनले दोहोर्याए ।
‘सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरुप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तिनलाई आर्थिक पक्षसँग जोड्ने हाम्रो लक्ष्य छ’, अध्यक्ष राईले भने । वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताए ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_zqI1O5G1zF_teyfbgvrursf0pzux513pdo6yny2bsp8atl8uxyf3haxyrr5smpnfyq0latn.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_UFO2ppuXW8_sfx0ecnrattmfdrwvc2r4cfvjfmxzrdcoj6zuoo3oz4yyh6p0evpq1fz784m.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_v7vS38dpgZ_spt0v6b1ag6xinlm5swx3zwbspalxmxqye3by6j9poegamlsoaxz74jiqmh8.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_h12kuUPO4X_75wclmsnvzjvhihazimi2zkfc6e9nkcelow77uxp8cf79baoufsat577h7j2.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_zZ5nHq6WPs_ecjtrlhq5qcib4e9turl69vdn6mmgfbsww5svayo935elkpbtthbu5thne10.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_Kpo0hlDZPs_iixrcsw2jwrwtedq8zzgdj6rssizvapsbqqid4bkgm1ks8qygffrkglepxbb.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_GroizWtCAd_qeua8tuejgzcyfixvjlcvz8v0dqsc0dqehllcm2xqrvhiyrvt6tpjze2maaa.jpg)
प्रतिक्रिया