गगनलाइ कटाक्ष गर्दै रविले भने – म दुई–चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे जस्ताे लाग्याे ?

काठमाडौं । उप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले जीबी राईका सारा बदमासीको ठेक्का लिनु पर्ने हो भन्दै प्रश्न गरेका छन् । उनले अभियोगपत्रमा आफूले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी नभएको पनि बताएका छन् ।

‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालीन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण मागकर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए कि ? म दुई–चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ?’ उनले लेखेका छन् ।

पछिल्लो समय रवि लामिछानेले गैर कानुनी रुपमा सहकारीबाट ऋण लिएको र नतिरेको भन्दै सञ्चार माध्यममा समाचारहरू आइरहेका छन् । अदालतमा अभियोगपत्र दायर भएको मुद्दामा सहकारी सञ्चालनमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका २८ प्रतिवादीले के कति रकम ठगी गरी हिनामिना गरे भनी बिगो दाबीसहित प्रतिवादी कायम भइसकेकोले नक्कली ऋणी सिर्जना गरिएको व्यक्तिलाई बयान लिने, मुद्दा दायर गर्ने, प्रतिवादी कायम गर्ने कार्य आफै कानुनविपरीत हुने उनको प्रस्टीकरण छ ।

उनले आफू सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता