संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहित संचालनमा

इटहरी / मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो । परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त भइसकेका थिएनन् । त्यही माहाेलका बिच फरक सोच र उद्देश्य सहित स्थापना भएको थियो अक्सब्रिज इन्टरनेशनल मन्टेस्वरी स्कुल ।

सुनसरीका इटहरी ६ स्थित अक्सब्रिज इन्टरनेशनल मन्टेस्वरी स्कुल कोसी प्रदेशकै पहिलो मन्टेस्वाेरी स्कुलको रूपमा चिनिन्छ । २०६७ सालमा स्थापना भएको यो स्कुल पछिल्लो समय अभिभावकको रोजाइमा पर्न सफल बनेको छ ।धेरै आरोह–अवरोह छिचोल्दै इटहरीमा स्थापित अक्सबृज अहिले सहरभित्रकै विद्यार्थी, अभिभावकको रोजाइमा पर्ने उत्कृष्ट शिक्षालय मध्येमा गनिने गरेको छ ।

विद्यार्थी भर्नामा वर्षै पिच्छे नयाँ रेकर्ड स्थापना गरेको यस मन्टेस्वरीमा कक्षा ५ सम्मको अध्ययन,अध्यापन हुने गरेको छ । साना भाइ बहिनीहरूलाई किताबको भन्दा संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरी स्कुलले पढाइ सँगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूभित्र लुकेको प्रतिभा श्राेत उजागर गर्दै आएको छ । यस स्कुलले यसै शैक्षिक सत्र देखि नयाँ व्यवस्थापन सहित अध्यापन गराउने भएको छ । करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको स्कुलले यसै शैक्षिक सत्रदेखि स्किल कार्यशाला सहितको  सेवा प्रदान गर्ने जनाएको छ ।

सिटिएफ नेपालको प्रबिधीक सहकार्यमा स्कुलले नयाँ व्यवस्थापन सहित इकाे फ्रेन्ड्रली कक्षाकाेठा, फुटसल, अडिटेरियम हल, लाइफ स्किल ल्याबको समेत व्यवस्था मिलाएको छ । स्कुल नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएपछि अभिभावकहरू पनि दंग देखिएका छन् ।  स्थापना कालमा ३२ जना विद्यार्थीबाट सुरु भएको अक्सब्रिज अहिले ३२५ भन्दा बढिलाई अध्यापन गराउँदै आएको छ । यहाँका विद्यार्थीहरू शिक्षा सँगै संस्कार अतिरिक्त कृियाकलापमा पनि उत्तिकै अब्बल देखिएका छन् । स्थानीय स्तरमा आयोजना हुने कराते , नृत्य , गायन ,चित्रकला ,जस्ता प्रतियोगितामा यस मन्टेस्वरीका विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित