प्रेस युनियन काेशीद्वारा सल्लाहकार र परामर्श समिति गठन

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले कोशी प्रदेशका लागि प्रदेश सल्लाहकार समिति र परामर्श समिति गठन गरेको छ ।  युनियन कोशी प्रदेश समितिले ११ जना रहेको प्रदेश सल्लाहकार समिति र ५१ सदस्यीय परामर्श समिति गठन गरेको हो । प्रेस युनियन कोशी प्रदेश समितिका अध्यक्ष मीन कुमार नवोदितले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका छन् । अध्यक्ष नवोदितले युनियनको विधान २०४८ (छैटौँ संशोधन २०७९ ) को दफा २८ को उपदफा २ (ज) बमोजिम कोशी प्रदेश समितिको सल्लाहकारमा गठन गरेको विज्ञप्ति मार्फत जनाएका छन् ।

युनियनलाई थप सशक्त बनाउदै लानका लागि  सुनसरीका गिरिराज आचार्य (सुनसरी) सोम सुसेली (इलाम) शंकर खरेल (बिराटनगर) शेखर रेग्मी (बिराटनगर)  सचिन पोख्रेल (सुनसरी) भिम नेम्वाङ (झापा) उद्वब तिमसिना (तेह्रथुम) नबिनबाबु राई ( उदयपुर) चेतन धमाला (सुनसरी) लिलाबल्लभ घिमिरे (बिराटनगर) र हिमा चेम्जोङ (धनकुटा) रहेको  सल्लाकार समिति गठन गरेको  नवोदितद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, युनियन कोशी प्रदेश समितिको परामर्श समितिमा ५१ जनालाई मनोनयन गरेको छ ।

परामर्श समितिमा अनन्तराज न्यौपाने,अमर खड्का,अरविन्द मेहता,आनन्द गौतम,इन्द्र गिरी,इन्दु पूर्वेली,कृष्ण अधिकारी,कृष्ण आचार्य,कृष्ण भट्टराई जुनेली,कुमोद अधिकारी,केदार रिजाल,केदार थापा,कौशल निरौला,खगेन्द्र घिमिरे,गणेश निरौला,गुरु ढकाल,गोविन्द घिमिरे,ताविल अन्सारी,तोयानाथ काफ्ले,दुर्गाप्रसाद खतिवडा,देवराज सुवेदी,नगेन्द्र राई,नरेश ढुंगाना ,पवन अधिकारी,विक्रम निरौला,विजयशेखर भट्टराई,विनोद भण्डारी,विपेन्द्र गौतम,विवेक मिश्र,भक्तिविलास पोखरेल,भीषण राई,माला पालुङ्वा,महाजीत राई,मेनुका पाण्डे,मोहन वान्तवा राई,मो. सदरुल,मो. इकवाल,रश्मि शेखर सुवेदी,राजेश्वर श्रेष्ठ,राजेन्द्र गौतम,लक्ष्मी लुइँटेल,लक्ष्मी भण्डारी,सन्तोष यादव,सुविद गुरागाईं,सुरेन्द्र भण्डारी,सुमन गुरागाईं,सुशीला पाठक,सुरेशचन्द्र दाहाल,शङ्कर लुईटेल,श्याम राई, हेमराज दाहाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित