अन्तत मधेश सरकारबाट बाहिरियो लोसपा : समर्थन पनि फिर्ता लिने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले मंगबार राजीनामा दिएका छन् ।

वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको लोसपा सांसदहरूले बताएका छन् । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित