कञ्चनपुर पुगेर गगनले भने –सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन
काञ्चनपुर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको औचित्य झनै पुष्टि भएको दावी गरेका छन् । प्रहरीको अनुसन्धान विश्वसनीय नभएकाले आफूहरूले संसदीय छानबिनको कुरा गरिरहेको उनले बताए ।
संवाद यात्राका क्रममा मंगलवार कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहकारी ठग्न रवि लामिछाने र गृहमन्त्री लामिछाने एउटै हुन्–होइनन् भनेर प्रहरीले छुट्याउन नसकेका कारण संसदीय छानबिनको औचित्य पुष्टि भएको बताएका हुन् ।
‘संसदमा यति कुरा भनियो–सहकारीको रकम अपचलन भएको छ, प्रहरीको अनुसन्धान विश्वसनीय छैन । त्यसकारण संसदीय छानबिन आवश्यक छ । हामीले भनेको कुरा प्रमाणित भयो,’ उनले भने, ‘हिजो सरकारी वकिलले प्रहरीको अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गर्यो । प्रहरीले के भन्यो भने– सहकारीमा ठगी गर्ने र अहिलेको गृहमन्त्री एउटै हुन्–होइनन् भनेर जाँच्ने मसँग क्षमता छैन भनेपछि अब संसदीय बनाएर खोज्नु पर्यो कि परेन ?’
बुटवलको सुप्रिम सहकारी ठगीमा रविको संलग्नताको प्रमाण प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा फेला परेको थियो । ‘जनतामा लोकप्रिय छु, सरकारका शक्तिशाली छु भन्दैमा नयाँ दलको नेतालाई छानबिन गर्नु पर्दैन ?’ थापाले प्रश्न गरे । कांग्रेसले सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको भन्दै गत चैत ६ गतेदेखि संसदमा लगातार संसदीय छानबिनको माग राख्दै आएको छ ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_s55OamJ463_thnohj4fi2jsvy1wdr331hrotusmkc2x5r1uy8ua6sa0wqnkklrmwvhxmtvn.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_3qorUgdBqK_9xkeyyun7mqa9jx8wz5qf3fkplojsagyykg3asxxjkiag4oywytw0rlaqtmy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_uBYzyZU4aD_xfjwcnyqjjpkp9t10ka2sa9zi7fnzacfqzhk8lto2spsifhmkzt22yfrjdgf.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hG3YNdIxh2_rd8dtpdt1tvawtd2vvwalrfciu3trktnfypmtt58hhukynofyjodh9btrbcf.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_dayIHhNc7k_s1mjejb72w1hweh0aii0cdhwlxcld4py6bcbtkh8jzbap6xlqt6iqwk2nyzh.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_fZgHEsB7Yo_s4zgiuhy7bc1ecanyjs4fx4nep3di4mrmqzggicyfz260kkupvkidgvm1fgs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_QGHpBxVMJY_wff9vx09qkrtsb8hgdjsjyz1ynf4qwdirfldqs6fbscyp1jlpi6kercvewwr.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_FEt4dn8u39_lqlkdpmjk2mlgh5b2t7n2iedqdt6kb8xzkwvjdijg7wakun7uroly3zvdrug.jpg)
प्रतिक्रिया