सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Seto_Machchhindra.jpg_qwsGA1UbHZ_zjgclgixeognf1wnzyny6iyh2kxsfjqudexokpcrgqkanbeeb25ujlmu9yio_jSiXd39Bde_oejedzkqv1ofwrtdc4g5tdzvk4gceiuejsfuh1x0khebrkkr5dujilbx58aw.jpg)
काठमाडौं / सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ ।
आज साँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने छ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।
नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्याएपछि रथयात्रा सम्पन्न हुन्छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_YSNlnBcheo_esghyzrdqgqbb0zbrftyyfahkpliy7rxy5ehsgrut3cktsnk1l2uqsxtb1dy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_czy7WDpL8c_gg2vchswjfp3duk8gqqbb6m9fgnenpku1q8ppd8zsxortm8ijdjwmbvpoycf.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_9MeXdROauO_delmexd2ksnmovohkdytgpgudu8k1vhf6h24mrlczncganjmvaqg3isukcdi.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_olNvo1ipQU_hyerlgeqoyumqsg2qygca7qwxnli1tbbjohkvkymywkydfqnnlnnqrq7fgno.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_0AvtGhKYvI_pgaietbxg1oxv8nsp4oomt5tk3r7txtiob2h4blje6shcagykstreky5ptla.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_oKctbAFVw7_aoid0f0gysgtkkobmgtho0xprlnl42ty1frgcsqmhsfyseyzibj7ovxeukvp.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_WEUmDTG3Cj_ccqwu0fjxokjynm1hrnq4b5wgdfh6r72vuvh0zsep4d44bc9dyg8o2ae4z7a.jpg)
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…
![मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता](https://snowberry.prixacdn.net/media/gallery_folder/1721816099-KBRzV_X7W6E0CrlU_ova6bgytfjpe41151ugelxp1jpw3l2czsjnjjl2g5vb1il3orkl1unbqwbgj_tSwbDaXZC0_7xyvof6n1ol86ytjrierhxd1u1emptwtnc09byu5ikhqecyndddd65cuptr1.jpg)
प्रतिक्रिया