बैतडीमा बलात्कारपछि गर्भवती १७ वर्षीया किशोरीको हत्या, काका पक्राउ

बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका–४ का काका नाता पर्ने एक जनालाई पक्राउ गरेको छ । पुचौंडी नगरपालिका–४ स्थित आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो । मृतक किशोरी गर्भवती समेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा अस्पतालमा शवको पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टि गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दै जादा मृतक किशोरीका श्रीमान गत वर्ष साउनदेखि नै भारतमा रोजगारीको लागि पाइयो । कोशोरीका काका नाता पर्ने ३० वर्षीय पुरुषले ललाई फकाई डर धाक धम्की समेत दिई पटक–पटक करणी गरेको गर्भवती बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछि काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी हत्या गरेको बयान दिएका छन् । मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएका छन् । कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता