बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-1%2520copy_p7OOBCrot6_5wnoep2ppz1snfdbam7lj6zia2imgb7wu1emzftuv5monqkhiv6qivowfdzv_VK1020X1th_ztvih13fd51ihfrwqvuizjol7mrfelzc6iavgpvnxnsy9lnfhah5huvymkdd.jpg)
महोत्तरी / नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक बर्षको ६ र ७ बैसाखमा संचालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यस्को व्यापक तयारी गरिएको छ । जिल्लाका १५ वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्को लागी जिल्लाभर स्वास्थ्यकर्मीहरुलाई तयार वनाईसकिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी कि फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिईन ।
शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको भिटामिन ए क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका विच कार्यतालिका नै सार्वजनिक गरेको छ ।
जिल्लाको कुल जनसंख्या मध्ये ५० हजार भन्दा वढी उक्त उमेर समुहका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाईनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका वालवालिकालाई खुवाइनेछ ।
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरु वताउछन ।
स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।
नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्यणले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्युदर क्रमश: घट्दै गएको तथ्यांकले देखाएको छ ।
महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र समबन्धित पालिकाको स्वास्थ्य साखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन ।
बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_fb3WV1Fmh6_ti1mmwroh47u9arrqtc4jwnytaojumjwto3s4f1vrdex2b2rpi5jvvxxfjnc.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_HsamAFnbsy_slrks28fawlsw6gdovc9nlimc3ltkpny0mzj3mgvhf5fdtczma3to2vjbk0n.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_KeWOmyw6Sk_muhvx2j6u0zmjpv4c3f9t4i3gf8uw12fqb5zembl72wsk5lpiommlfsxemim.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_qHdeuGph7t_ldxp2lntwge1ryzzxketbrikkfjhml0mc1fy38ebbld6bqcstuegdyqaxfud.jpg)
प्रतिक्रिया