कचना मेलामा बेदान्तको निशुल्क स्वास्थ्य शिविर

इटहरी । सुनसरीको इटहरीस्थित वर्षैपिच्छे लाग्ने कचना महादेव मेला९ट्यांग्रा०मा बेदान्त हस्पिटलले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा ब्लड , प्रेसर , सुगर , रूघा खोकी ज्वोरो लगायतका निशुल्क शिविर आयोजना गरिएको हो ।

उक्त शिविरबाट ५ सय भन्दा बढीले सेवा लिएको बेदान्त हस्पिटलका सञ्चालक इन्द्रबहादुर श्रेष्ठले बताए । शिविरमा चेकअप पछि बिरामीको अवस्था हेरेर औषधी समेत निशुल्क बितरण गरिएको जनाइएको छ ।

मेलामा बिहानै देखि घण्टौ लाइनमा बस्नुपर्दा तातो घामबाट प्रभावितहरलाइ पनि निशुल्क चेकअप गरिएको जनाइएको छ । मेलामा बिभिन्न आश्था बोकेर आएका भक्तजनहरूलाइ मध्नयजर गर्दै एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित