फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

इटहरी ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।  

निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु २।२६ र रु ३।२६ ले बढेर आएको र निगम सञ्चालक समितिको बैठकले राति १ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको जानकारी दिएको छ ।

योसँगै पेट्रोलको नयाँ मूल्य १७८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको नयाँ मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित