सन्दीपविरुद्धको बलात्कार मुद्दा : उच्च अदालतले पनि माग्यो जन्मदर्ता

काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ ।उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो । 

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ । सन्दीप लामिछानेले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग दाबी गरेका छन् ।

गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएका छन् । साथै २०७५-०९-१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

आदेशमा लेखिएको छ, ‘‘.गौशाला २६ ले जन्ममिति २०६२-०२-१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९-०३-१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

प्रतिक्रिया

सम्बन्धित