झापाकाे नहरमा डुबेर एक बालकको मृत्यु
झापा / झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका-१० का ओम बहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ
प्रतिक्रिया