इटहरीको ट्यांग्रा मेलामा बैगुन चढाउने भक्तजनहरूको घुइँचो (फाेटाे फिचर )

इटहरी ।  चैत्र मसान्तदेखि तराईमा हुने एक महिने सिरुवा मेला अन्तरगत सुनसरीको इटहरीमापनि सव्य र भव्य रूपले मनाइदैछ । यो वर्ष पनि इटहरी ट्यांग्रा मेलामा शयाै भक्तजनहरूले मनोकामना पुरा हुने विश्वासका साथ कचना महादेव मन्दिरभित्र हजाराै बैगुन र घोडा फुल चढाएका छन् ।

बैगुन र घोडा फुल चढाउँदा हात खुट्टा वा शरीरको कुनै अङ्गमा लुतो या घाउ खटिरा निको हुने जनविश्वास रहेको छ । यो सँगै भक्तजनहरूले निष्ठा पूर्वक कचना महादेवको पूजा गरे मनोकाङ्क्षा पुरा हुने वि€वास पनि रहेको छ । यसै विश्वासका साथ शयाै मानिसहरू मन्दिर बाहिर घण्टाै लाइन बसेर बैगुन र घोडा फुल चढाइ पूजाआजा गरी घर फर्किने गरेका छन् ।

अन्य स्थानमा लाग्ने सिरूवाकाे तुलनामा इटहरी टेङ्ग्रामा लाग्ने सिरूवा फरक रहेको त्याका जानकारहरू बताउँछन् । कतिपय स्थानमा परेवा बोका पाठा हाँस लगायतका पशु पन्छी समेतको बली चढाएर भूमिदेवको पूजा गर्ने परम्परा रहेको पाइन्छ ।

तर यहाँ भने बैगुन र घोडा फुल मात्रै चढाइने गरिएको छ ।  विशेष गरी थारु समुदायले नयाँ वर्षको सुख शान्ति र आफूभन्दा मान्यजनको सम्मान गर्ने धार्मिक पर्वका रूपमा पनि यसलाई विशेष महत्त्व दिएर मनाउने गरेको पाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित