बागमती प्रदेशमा लागूऔषधको कारोबार बढ्दो, मकवानपुर केन्द्रविन्दु
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
हेटौंडा / बागमती प्रदेशमा लागूऔषध कारोबारको विकराल समस्या बढ्दो छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ भने कारोबारमा संलग्न १ हजार ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्लागत तथ्यांकलाई हेर्दा मकवानपुर जिल्ला लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा उदाउँदै गएको छ। यस जिल्लाबाटै चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ३ सय ९५ केजी लागूऔषध बरामद भएको छ भने १ सय ९९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसबाट स्पष्ट देखिन्छ कि मकवानपुर प्रदेशभरको सबभन्दा ठूलो लागूऔषध कारोबारको केन्द्र बनेको छ।
लागूऔषध कारोबारमा सबैभन्दा सक्रिय अर्को जिल्लाको रुपमा चितवन देखिएको छ। चितवनबाट फागुनसम्म १ हजार १ सय १७ केजी लागूऔषध बरामद भएको छ भने १ सय ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, धादिङ जिल्लाबाट ७ सय ६० केजी लागूऔषध बरामद भई ३५ जना कारोबारी पक्राउ परेका छन्।
काठमाडौंबाट प्रहरीले १ सय ६३ केजी लागूऔषध मात्र बरामद गर्न सफल भए पनि ५१६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट केही कोकिन र पोल्याण्ड लागूऔषध पनि बरामद गरिएको छ ।
काभ्रे र भक्तपुरमा क्रमशः ३२० र १ केजी लागूऔषध बरामद गरिएको छ भने ३१ र ४७ जना पक्राउ परेका छन्। सिन्धुली र ललितपुरमा क्रमशः १६३ र ३१ केजी लागूऔषध बरामद भई २१ र ९४ जना पक्राउ परेका छन्। भक्तपुर र ललितपुरमा पनि केही मात्रामा पोल्याण्ड बरामद गरिएको छ । रामेछापबाट भने १ केजी लागूऔषध र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रसुवा र नुवाकोटमा लागूऔषधको कारोबार भए पनि त्यहाँ यसको मात्रा भने ग्राममा गणना छ। दोलखा र सिन्धुपाल्चोकमा भने उक्त संख्या सुन्य छ ।
अन्य प्रदेशको तुलनामा बागमतीमा लागूऔषधको समस्या बढी देखिएको कोशी, मधेश, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तथ्यांकले देखाउँछ। जसअनुसार कोशीमा ४ हजार ३ सय ५२ केजी, मधेशमा ४ हजार ३ सय ३१ केजी, सुदूरपश्चिममा १ सय ६३ केजी, गण्डकीमा १ सय १७ केजी, लुम्बिनीमा १ सय ११ केजी र कर्णालीमा १४ केजीमात्र लागूऔषध बरामद भएको छ। पछिल्लो ५ बर्षको तथ्यांक हेर्दा पनि बागमती प्रदेश अगाडी नै देखिन्छ । (५ वर्षमा कारोबारमा संलग्न ६ हजार २ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा..)
यसरी बागमती प्रदेशभित्र विशेषगरी मकवानपुर, चितवन र धादिङलगायतका केही जिल्लाहरू लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा बनेका छन्। यस प्रदेशभित्र मात्रै पनि बर्सेनि लागूऔषध कारोबारको मात्रा बढ्दै गएको देखिन्छ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_1pRzD0UZNu_vfywdf9t7rnz761iaxo6wbkk5jwugvuq6rpdl4dugvtdxwwtwb6ztdwniwxu.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_Jb3dGgU0SM_kkiwcvbzg0ixtwzd6k4kk6wqxr7tphd3pxtksfophkdoaueqijhykqy34jkz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_9D2OziwJod_fx14xgxorsczq8uernddc4lcdej5zqwnpk5mcnrhypbfl3gfszthu62rvxzf.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया