नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा  सचेतना अभिवृध्दि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । 

एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल थीमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ ।

यस अघि गत विहिबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पेन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए ।
 
प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता