टाउको जोडिएका सबै भन्दा जेठा जुम्ल्याहाको मृत्यु
एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा टाउको जोडिएका सबै भन्दा जेठा जुम्ल्याहाको निधन भएको छ । ६२ वर्षीय लोरी र जर्ज शापेलको यही अप्रिल ७ मा हस्पिटल अफ द युनिभर्सिटी अफ पेन्सिलभेनियामा मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।
गिनिज वर्ल्ड रेकर्डले उनीहरूलाई टाउको जोडिएर जीवित रहेका सबैभन्दा जेठा जुम्ल्याहाका रूपमा नाम राखेको थियो । उनीहरूको मृत्यु के कारणले भएको भन्नेबारे विस्तृत खुलाइएको छैन । टाउको जोडिएका उनीहरूको छुट्टाछुट्टै मस्तिष्क छ । उनीहरूको रूची, सम्बन्ध र काम पनि छुट्टाछुट्टै थियो । सन् २००७ मा जर्ज पारलैंगिकको रूपमा खुलेका थिए । ५० वर्ष पुग्दा लोरीले एक अन्तरवार्तामा चिकित्सकले आफूहरू ३० वर्षसम्म पनि बाँच्छन् भन्ने नसोचेको सुनाएकी थिइन् । ‘जब हामी जन्मिएका थियौं, डाक्टरहरूले हामी ३० वर्षसम्म बाँच्छौं भनेर पनि सोचेका थिएनन् । तर हामीले उनीहरूलाई गलत साबित गर्यौं,’ लोरीले भनेकी थिइन् ।
जुम्ल्याहा सन् १९६१ सेप्टेम्बर १८ मा पेन्सिलभेनियाको वेष्ट रिडिङमा जन्मिएका थिए । उनीहरू दुबै पब्लिक हाइ स्कुल र कलेज गएका थिए । लोरीले ६ वर्षसम्म एक अस्पतालमा लुगा धुने काम गरेकी थिइन् । लरी बलिङ गर्ने प्रतियोगिताको विजेता समेत रहिसकेको एपीले जनाएको छ । ६ वर्षसम्म काम गरेपछि जर्जको म्युजिक करिअरका लागि उनले सन् १९९६ मा आफ्नो जागिर छाडेका थिए । एक समाचारका अनुसार लोरीले एक पटक इन्गेजमेन्ट पनि गरेकी थिइन् । तर विवाह हुनुअघि नै पुरूषको दुर्घटनामा मृत्यु भएको थियो ।
५० देखि ६० हजार जन्ममा एक पटक यसरी जोडिएका जुम्ल्याहाको जन्म हुने सम्भावना हुने एपीले जनाएको छ । यसरी जन्मिने केही प्रतिशत मात्रै टाउकोमा जोडिएका हुन्छन् । अन्यको छाती, पेटमा जोडिने गरेका छन् । यसअघि टाउको जोडिएर सबैभन्दा जेठा रहेका रोनी र डोनी गलयोनको सन् २०२० मा मृत्यु भएको थियो । उनीहरूको ६८ वर्षमा मृत्यु भएको थियो ।
![भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/mohad_DBtxAi8RnJ_wjixgd4bvceksm0xaebu9lsc4ysebbt0nubbc3fzjvgvi2ylmfcgxhmrzz47_zcPm9Ym75m_fng3qnvnfd3wqwpsbhsqqpy8kk0han9xdryqiyslqhkxqxgxdoovry0pcy5q.png)
भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_8aMJXylrCa_2mvoe7qoolco6ac5gpi5vsledoicgfsdsrznmhgprfjyib404hdtsz4mejc7.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_FO2GF4bmt3_ftt4nepd0giwyfrwey07dfaeii2yxn3arrrizzjpltagmpq7zknbbj9tb32e.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_M2oaXGs9ba_1nsf186l0zy0ugpwepl8id5nx9id0vt5hczwui2hfvqblp2mr1zgsqfqumqo.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_b63BCrt2kg_4fusvisl1a3jg3jdacsibrnsks01dgmundzusxjziarhcsnw14ptdzn7pwan.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_6uKDqWh9R8_kdm6ggyldtgoljncqflqwscoy4xcms7zxqgdzc8tcfyr0th2eh9hrlzktok7.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_6U9lqkfiVB_gfzfx1cao3neiyoqyztnkgigoevnkcx2jtcab7xyk28nmoog6bh92updcnof.jpg)
प्रतिक्रिया