गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

इटहरी । सुनसरीको इटहरी स्थित बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुल अभिभावकहरूको रोजाइमा पर्न सफल भएको छ । स्थापनाको छोटो समयमा नै बेग्लै पहिचान बनाइसकेको स्कुल इटहरी उपमहानगरको हलगडामा स्थापित छ ।

सेवासुविधा सम्पन्न शुरक्षाको बाताबरणले उत्कृस्ट देखिने उक्त स्कुलमा हाल ८ सय भन्दा बढी बिद्यार्थिहरू अध्यन्नरत रहेका छन । बिद्यार्थीहरूलाइ गुणस्तरीय शिक्षा संगै ब्यवहारिक ज्ञान र हरेक कृियाकलाप लगायत खेलकुद क्षेत्रमा पनि अब्बल बनाउदै आएको बेविलोन इटहरी भित्रको नमुना स्कुल बन्ने तयारीमा जुटेको छ ।

फरक शैलिबाट अध्यापन हुने यस स्कुलले अहिले सबै अभिभावकहरूको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा आफुलाई अब्बल सावित गर्न सफल बनिसकेको छ । बि।श २०६७ सालमा स्थापना भएको यो स्कुलमा प्राजेक्टर बिधिबाट अध्यन अध्यापन गराइने गरिएको छ भने बिद्यार्थिहरूकालागि अडियो भिडियो क्लासको समेत ब्यवस्था गरिएको छ ।

शान्त बाताबरणसंगै फराकिले प्ले ग्राउण्ड तथा चिल्ड्रेन पार्क र सबै कक्षा कोठाहरूमा सिशि क्यामेराको निगरानीबाट पढाइ हुने भएको कारण स्कुलको व्यवस्थापन केही फरक रहेको बेविलोन स्कुलका प्रबन्ध निर्देशक पुस्प अधिकारीले बताए । उक्त स्कुलले हाल २८ जना शिक्षक शिक्षिका सहित ४० भन्दा बढिलाइ रोजगार दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित