घरबाहिर गोली चलेपछि सलमानलाई मुम्बईका मुख्यमन्त्रीको फोन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान दुई अज्ञात व्यक्तिले गोली चलाएका छन्। सलमान मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्। घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले अभिनेता सलमान खानसँग फोनमा कुरा गर्दै सुरक्षाको आश्वासन दिएका छन्। 

मुख्यमन्त्री शिन्देले मुम्बईका प्रहरी आयुक्तसँग छलफल गरी सलमान खानको सुरक्षा बढाउन सुझाव दिएका छन्। यसैबीच महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडणवीसले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘जब वास्तविकता बाहिर आउँछ, तब तपाईंहरू सबैलाई जानकारी गराइनेछ, अहिले अनेक अनुमान लगाउन आवश्यक छैन।’ गोलीकाण्डबारे शिवसेना (यूबीटी) नेता सञ्जय राउतले राज्यमा कानुन र व्यवस्था खतरामा रहेको बताएका छन्।

उनले प्रश्न गरेका छन्, ‘कहाँ छन् गृहमन्त्री? उनी २४ घण्टा चुनावी माहोलमा छन्, कहिले दिल्लीमा त कहिले अन्यत्र। कानुन र व्यवस्थाको जिम्मा कसले लिने?’

प्रतिक्रिया

सम्बन्धित