इजरायलको आरोप: हमासले युद्धविराम गर्न मानेन, इरानसँग मिलेर तनाव बढायाे

एजेन्सी  । इजरायलले हमासले पछिल्लो युद्धविराम सम्झौता अस्वीकार गरेको दाबी गरेको छ। इजरायली खुफिया एजेन्सी मोसादले हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको आरोप लगाएको हो। 

इजरायली एजेन्सीले भनेको छ ‘यसले गाजाका हमास नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् र उनको मनशाय अपहरित बन्धक फिर्ता गर्ने छैन।’ 

उसले अगाडि बढेको छ, ‘हमास इरानसँग मिलेर तनाव बढाइरहेको  छ। तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग छ र १३३ बन्धकको रिहाइका लागि कुनै कसर बाँकी राख्ने छैन।’

प्रतिक्रिया

सम्बन्धित